१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा

रौतहटका एक नगर प्रमुखले बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा गरेका छन्। सरकारी गाडीको दुरूपयोग बढेको गुनासो बढेका बेला रौतहटको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले सार्वजनिक बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन्। सार्वजनिक बिदाको दिन नगर प्रमुख काफ्लेले निजी मोटरसाइकल प्रयोग गर्दै आएका छन्।

नगरपालिकाको काममा कतै जाँदा मात्र नगरपालिकाको सरकारी गाडी प्रयोग गरिरहेका नगर प्रमुख काफ्लेले काम पर्दा जुनसुकै दिन हिँड्नुपर्ने भए पनि अनावश्यक रूपमा सरकारी गाडीको प्रयोग नगरेको र नगर्ने बताए। उनले अरूलाई पनि सरकारी गाडी र सुविधाको दुरूपयोग नगर्न सुझाएका छन्।

नगरपालिकामा बिदाको दिन तथा कार्यालय समयबाहेक सरकारी गाडीको प्रयोग नगर्ने सल्लाह भएको र आफू सोहीबमोजिम सरकारी गाडीको प्रयोग बिदाको दिन नगरेको काफ्लेले स्पष्ट पारेका छन्। चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला कुमारी चौधरीले पनि बिदाको दिन सरकारी गाडीको प्रयोग नगरेको बुझिएको छ।

प्रकाशित: १४ माघ २०७९ ००:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App