coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महानगरले हटायो मापदण्ड विपरीतका ९ हजार होर्डिङबोर्ड

तस्बिरः प्रसन गुरुङ

काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत होर्डिङ र परिचय पाटी (साइनबोर्ड) हटाएको बताएको छ।  मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाएको काठमाडौं महानगरले बताएको हो।

गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो। सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैं व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो।

तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो। यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइने महानगरले जनाएको छ। 

महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ बर्गफुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो। १५ बर्गफुटदेखि ३० वर्गफुटसम्मका परिचय पाटीको प्रति वर्गफुट १ हजार रुपैयाँ थप शुल्क तिनुपर्छ।

प्रकाशित: १२ माघ २०७९ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App