१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘निजी जग्गामा महानगरको बलमिच्याइँ’

काठमाडौं महानगरपालिकाले दलालहरूसँगको मिलेमतोमा निजी जग्गा हत्याउने प्रयास गरेको शंखमूलका शयलमान सिंहले आरोप लगाएका छन्। नगरप्रहरीले सडक चौडा गर्नुपर्ने भन्दै गत पुस २८ गते महर्जनको जग्गा घेरबार गरेको पर्खालमा डोजर चलाएपछि उनले यस्तो आरोप लगाएका हुन्।  

‘निजी जग्गामा डोजर चलाउँदा प्रमाण साथमा हुनुपर्छ कि पर्दैन ?,’ उनले भने, ‘नगर प्रहरीको बलमा भएको बलमिच्याइको विरोध गर्नेछौं।’ काठमाडौं महानगरपालिका वडा नम्बर ३१ स्थित शंखमूलमा रहेका १२ रोपनी जग्गा शयलमानको आमाको नाममा रहेको छ। ‘मैले त्यति बेला पनि डोजर रोक्न खोजेको थिए,’उनले भने, ‘तर नगरप्रहरीले माथिको आदेश आएको भन्दै जबरजस्ती पर्खाल भत्काइदियो।’  

डोजर लिएर आउनेलाई भत्काउनुपर्ने कारण सोध्दा कार्यलयमा आएर बुझ्नु भन्ने जवाफ आएको उनले सुनाए। तर महानगरको कार्यालय धाउँदा पनि आफुले प्रमाण पाउन नसकेको उनको भनाइ छ। ‘जनताको सम्पती चित्तबुझ्दो कारण नदिई कसरी हडप्न मिल्छ ?,’ उनले भने, ‘महानगरको यो रवैयाले हामीलाई निरास बनाएको छ।’  

यता महानगरले भने, ‘जिएलडी’(गाइडेड लाइन डेभलपमेन्ट)अन्तर्गत अगाडि बढेको जनाएको छ। ‘स्थानीयले बाटो खोल्न माग गरेपछि हामीले जिएलडी अनुसार कानुनी ढंगबाट अगाडि बढेका हाैं,’ महानगरका प्रवक्ता नविन मानन्धरले भने, ‘यसमा महानगरले कुनै बलमिच्याइँ गरेको छैन।’  

आफ्नो समस्याको बारेमा महानगरको मेयरसँग भेट्न खोज्दा भेट नदिएको शयलमानको गुनासो छ। यसैबीच विनाप्रमाण निजी जग्गामा डोजर चलाएको भन्दै उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिले माघ १५ गते माइतीघर मण्डलामा आन्दोलन गर्ने तयारी गरेको छ। जिएलडी लागु गर्ने अधिकार महानगरपालिकाको क्षेत्रधिकारभित्र नपर्ने पिडितको भनाइ छ। 

प्रकाशित: ६ माघ २०७९ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App