४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

डलर र युरोसहित रोमानियन नागरिक पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको ३५ हजार अमेरिकी डलर र ७ हजार ३ सय ५० युरोसहित एकजना रोमानियन नागरिकलाई पक्राउ गरेको छ। विमानस्थल प्रहरीका अनुसार राहदानी नम्बर ०५२७१६८९५ बाहक रोमानियाका नागरिक एन्ड्री गुम्टीट्रअ शनिबार पक्राउ परेका हुन्।

विमानस्थल प्रहरी प्रमुख डिआईजी गोविन्द निरौलाका अनुसार नेपालमा व्यापार गर्ने एन्ड्री यसअघि तीनपटक नेपाल आएर फर्किएका थिए। उनले प्रहरी लागू औषध र मुद्रा तस्करीमा एन्ड्रीको संलग्नता रहेको हुनसक्ने आशंकामा अनुसन्धान गरेको बताए। उनले भने, ‘हामीले लागुऔषध र अन्य अपराधमा संलग्नता हुनसक्ने आशंकामा अनुसन्धान गर्दा केही भेटिएन, व्यापारका लागि आएको देखियो।’

उडान नम्बर क्यूआर ६५३ बाट दोहा हुँदै रोमानियाको रोमानिना बुचराष्ट जान लागेको अवस्थामा हेण्ड ब्याग चेकिङ एरियाबाट कालो ह्याण्ड ब्यागमा लुकाई छिपाई लैजान लागेको उक्त विदेशी मुद्रासहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यस्तै थाई एयरवेजको ३१९ नम्बरको उडानद्वारा आएका यात्रुले ल्याएको सामसुङ कम्पनीको ३२ इन्चको एलसीडी टिभी ३ थान प्रहरीले बरामद गरेको छ। विमानस्थलको एराइवल गेटबाहिर पार्किङ एरियामा अवैध रुपमा कलेक्सन गरेको अवस्थामा काठमाडौं कीर्तिपुर बस्ने संखुवासभा मच्छेपोखरी–४ का २८ वर्षीय महेश गुरुङसमेत पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।  प्रहरीले आवश्यक कारबाहीको लागि बरामद सामाग्री र पक्राउ परेका ब्यक्तीलाई विमानस्थल भन्सार कार्यालयमा पठाएको छ।

 

प्रकाशित: २९ श्रावण २०७३ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App