४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हल्का वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर आंशिक देखिसामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।  

उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा भई सुदूर पश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

त्यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  

विभागका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशकै एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

महाशाखाको पछिल्लौ विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव दूई डिग्री र अधिकमत तापक्रम १५ दशमलव सात डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जिरीेको न्यूनतम तापक्रम माइन चार दशमलव तीन डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २१ दशमलव छ डिग्री सेल्सियस रहेको छ।रासस

प्रकाशित: ५ माघ २०७९ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App