९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

१२ कक्षा पढ्ने किशोरी खोलामा हाम्फालेर बेपत्ता

फलेवास (पर्वत)—पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ।

तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया यशोदा थापाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । उनी आइतबार बिहान हाम फालेकी थिइन्।

दक्षिण बागलुङको जैदी गाविस घर भई कुश्मा नगरपालिका–९ मेलमिलापचोकमा डेरा गरी बस्ने थापाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। निरन्तरको वर्षाले मोदीखोलाको बहाव उच्च भएकाले पनि खोजीकार्यमा कठिनाइ भएको छ।

मोदीखोला माथि रहेको मुलुककै अग्लो कुश्मा–ज्ञादी झोलुङ्गे पुल नजिकैबाट उनी हाम फालेको देखेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए।

उनी हामफालेको स्थानबाट रु तीन हजार ६०० नगदसहित उनले प्रयोग गर्दै आएको सामसुङ मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ। अहिले प्रहरीले खोला किनारमा खोजतलास जारी राखेको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ । रासस

प्रकाशित: २५ श्रावण २०७३ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App