१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

जुम्लाको तातोपानी गाउँपालिका –६ का जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ। ६ का वडा अध्यक्ष विशाल खड्काको पहलमा वडामा रहेका जेष्ठ नागरिक र एक महिलालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो। 

हिउँदको सिजनमा जुम्लामा चिसो बढ्दै गएको छ। चिसोबाट बच्नका लागि ६ का जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष खड्काले बताए। उनका अनुसार ६८ वर्ष माथिका ४३ जनालाई ज्याकेट, ६० वर्ष माथिका ६७ जनालाई मफलर र टोपी तथा २४ जना एकल महिलालाई स्वीटर वितरण गरिएको हो।  

उनले भने, ‘अहिले विद्यालय बन्द छन्,खुलेपछि बालबालिकालाई खेलकुद र शुद्ध पानी प्रयोग गर्न मिल्ने फिल्टर वितरण गरिनेछ।(क) र (ख) वर्गका अपाङ्गता भएकालाई पनि न्यानो कपडा वितरण गरिन्छ।’  

उनले छुटेका जेष्ठ नागरिक र एकल महिलालाई  वडामा सम्पर्क अर्न अपिल गरे। 

प्रकाशित: ३० पुस २०७९ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App