१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

बन्दीपुरमा माघे सङ्क्रान्तिमा गोरु जुधाइने

माघे सङ्क्रान्ति पर्वको अवसरमा तनहुँको बन्दीपुरमा गोरु जुधाइने भएको छ। बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गर्न लागिएको हो।  

नारायण–गोपाल युवा क्लबको आयोजनामा यो प्रतियोगिता हुन लागेको अध्यक्ष उज्वल गुरुङले जानकारी दिएका छन्। क्लबले प्रत्येक वर्ष माघेसङ्क्रान्त्मिा गोरु जुधाई प्रतियोगिता गर्दै आएको छ।  

प्रतियोगिताका लागि स्थानीयवासीले नै पालेको गोरु सहभागी गराउनुपर्नेछ। प्रतियोगितामा पहिलो हुने गोरुका धनीले नगद  १५ हजार र दोस्रो हुनेले सात हजार पुरस्कार पाउनेछन्। सोही अवसरमा क्लबले आमा समूहका लागि डोरी तान्ने प्रतियोगिता, पुरुषका लागि बाँसको लिङ्गोबाट भाले टिपाइ प्रतियोगिता र खुलातर्फ घैँटो फुटाइ प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।  

प्रकाशित: ३० पुस २०७९ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App