७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

विदेशबाट ल्याएको मोबाइल जफत गर्नेमाथि कारबाही अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइल जफत गर्नेलाई कारबाही अगाडि बढाउन निर्देशन दिएका छन्।

सोमबार अमेरिकाको टेक्सासबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका झापाका दुधलाल नेम्वाङले साथमा ल्याएको नयाँ फोन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थति रहेको भन्सार कार्यालयले जफत गरेको थिए।  उक्त घटनाप्रती प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालयलाई तत्काल कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन्।

त्यस्तै विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन दाहालले निर्देशन दिएका छन्।  

भन्सार विभागले पुस १५ गतेदेखि लागू हुने गरी विदेशबाट एउटाभन्दा बढी फोन ल्याएमा १८ प्रतिशत भन्सार शुल्क लाग्ने सूचना जारी गरेको थियो। तर लगत्तै सर्वत्र विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सो कुरा तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका थिए।  

उक्त निर्देशनको पालना नगरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रहेको भन्सार कार्यलयले फोन जफत गरेको थियो। 

प्रकाशित: १९ पुस २०७९ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App