४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

पेस्तोल किन्न खोज्ने युवक युरो,डलर र भारुसहित पक्राउ

विभिन्न विदेशी मुद्ध्रा र सामानसहित उदयपुर प्रहरीद्वारा पक्राउ परेका गिरी। तस्बिर: महेश्वर

सदरमुकाम गाईघाटबाट एक युवा युरो, अमेरिकन डलर, भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँ (नेरु) सहित सोमबार पक्राउ परेका छन्। गाईघाटमा पेस्तोल किन्न खोज्ने खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाका २१ वर्षीय सुजन गिरी पक्राउ परेका हुन्।

गाईघाटको मिनी मार्केट क्ष्लाकाको गिफ्ट पसलमा ‘पेस्तोल किन्न पाइन्छ ?’ भनेर सोध्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उनी विभिन्न चोरी धन्दामा संलग्न रहेको खुलेको प्रहरी भनाइ छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारका अनुसार सोधपुछको क्रममा उनी बिगत ५/६ दिनदेखि गाईघाटस्थित मेलिना होटलमा बस्दै आएको खुलेपछि उनी बस्दै आएको कोठामा खानतलासी लिँदा विदेसी र नेपाली मुद्रा र विभिन्न सामग्री बरामद भएको छ। 

प्रहरीले उनको कोठाबाट युरोपियन मुद्रा (युरो) ८०, अमेरिकन डलर २ सय ९२, भारु २ लाख ५९ हजार १ सय र नेरु १ लाख ८५ हजार ४ सय १५ रुपैँया बरामद भएको जनाएको छ। त्यस्तै सुनजस्तो पहेँलो धातुबाट बनेको औँठी १ थान, घडी १ थान, चाँदीजस्तो देखिने धातुबाट बनेका सिक्री २ थान, चाँदीकै ब्रासलेट १ थान, इन्फ्क्सि आईटेल कम्पनीको ठूलो मोवाईल २ थान, आईप्रो किप्याड कम्पनीको मोवाइल १ थान, मोवाइल पावरबैंक, बुद्धचित्तका दाना ८० वटा तथा सानो रुद्राक्षको माला १ थान र सि माला ४ थान बरामद भएको छ।

बरामद सामानहरु कहाँबाट ल्याएको भनी सोधपुछ र अनुसन्धानको क्रममा दिएको बयान अनुसार काठमाडौंको बौद्धक्षेत्रबाट ती सामान चोरी गरी केहीदिनअघि मात्र यता ल्याएको भन्ने खुलेको पोदारले बताए। उनको बयान अनुसार प्रहरी बीट बौद्धसँग समन्वय गरी आवश्यक कारबाहीका लागि गिरीलाई बरामद नगद र सामानसहित प्रहरी बृत्त बौद्ध काठमाडौं सोमबानै पठाइएको छ।  

प्रकाशित: १८ पुस २०७९ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App