१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुर र सप्तरी सीमा नाकाबाट लागू औषधसहित २ जना पक्राउ

लागू औषधसहित त्रफाउ परेका महतो र राय। तस्बिरः महेश्वर

प्रहरीले भारी मात्राको लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयद्वारा सञ्चालित ‘अवैध लागू औषध नियन्त्रण गर्ने अभियान’ अन्तर्गत पुस १४ गते बिहीबार त्रियुगा नगरपालिका ६ लालपत्ताबाट उनीहरुलाई पक्राउ गरेको हो।

उदयपुृर र सप्तरीबीचको सीमा नाका प्रहरी चौकी लालपत्ता र जिल्ला प्रहरीको विशेष टोलीले प्र २–०–००५ प १३७८ नं. को मोटरसाईकलमा सवार सिराहाको लहान नगरपालिका ३ का २६ वर्षीय वीरेन्द्रसिंह महतो र सिराहाकै बरियारपट्टी गाउँपालिका ४ का २४ वर्षीय सुरेन्द्र रायलाई पक्राउ गरेको हो।

मधेस प्रदेशको सिराहाबाट उदयपुरतर्पm मोटरसाईकल लिएर आउँदै गरेका चालक महतो र पछाडि बसेका रायमाथि शंका लागी चेकजाँच गर्दा उनीहरुको साथबाट ३ प्रकारको अवैध लागू औषध फेला पारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उनीहरुको साथबाट ५० एम्पुल (थान) डाईजेपाम, ५० एम्पुल फेनार्गन र ५० एम्पुल लुपिजेसिक गरी १ सय ५० थान अवैध लागू औषध बरामद भएको छ।

उनीहरुलाई बरामद लागू औषध र मोटरसाईकलसहित नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखिएको छ। उनीहरुमाथि लागू औषध प्रयोग तथा कारोबार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए।  

प्रकाशित: १५ पुस २०७९ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App