२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोटरसाइकल पोलमा ठोकिँदा चालकको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बिहीबार सहिदनगर नगरपालिका–६ हठिपुरस्थित बिरेन्द्रबजार– मैनाथपुर सडक खण्डमा दुर्घटना भएको हो।

दुर्घटनामा परी कमला नगरपालिका–८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक हरिबिष्णु ढकालले जानकारी दिए।

प्रहरीका अनुसार ठाकुर तिनकौरिया चौकदेखि यदुकोहातर्फ जाँदै गर्दा उनले चलाइरहेको मधेस प्रदेश ०६–००६ प १८१९ नम्बरको मोटरसाइकल कलभर्टमा रहेको पोलमा ठोकिँदा दुर्घटना भएको हो।

मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाइएको छ।

प्रकाशित: १४ पुस २०७९ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App