१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

दैलेखको गुराँस गाउँपालिकाले बस्तीमै योजना सम्झौता गर्ने

गुरासँ गाउँपालिकाको कार्यालय दैलेख। तस्बिर: गोविन्द केसी/नागरिक

दैलेखको गुराँस गाउँपालिकाले उपभोक्ताहरुलाई सहज होस् भनेर साना योजनाहरु बस्तीमै पुगेर सम्झौता गर्ने निर्णय गरेको छ। योजना सम्झौताका लागि उपभोक्ता समितिका पदाधिकारीहरु पालिकामै पुग्दा खर्च र दुःख बढी हुने भएकाले अबदेखि बस्तीमै सम्झौता हुने गाउँपालिकाले निर्णय गरेको हो।

उपभोक्तालाई दुःख नहोस भनेर गाउँपालिकाले आफ्ना कर्मचारी मार्फत बस्तीमै योजनाको सम्झौता गर्ने निर्णय गरेको जनाइएको छ। गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको नेतृत्वमा कर्मचारी गाँउमै खटाई योजना सम्झौता घुम्ति शिविर संञ्चालन गरिएको गुराँस गाँउपालिकाका प्रवक्ता दिपेन्द्र ओलीले बताए। 

गाउँ बस्तीमै योजना सम्झौता हुन थालेपछि स्थानीयबासीले गाउँमै सिंहदरबार आएको अनुभव लिएका छन्। सम्झौतका लागि घुम्ती शिविर निश्चित समय लिएर गाउँगाउँ पुग्नेछ। गाउँबाट पालिका मुकाम जान उपभोक्ताहरुलाई दुरी र खर्चका हिसावले महंगो हुने गर्दछ। जसका कारण विकासका बजेट सम्झौता गर्ने जादाँ आउदा समेत खर्च हुने गरेको थियो। त्यो खर्च बचत हुने भएपछि स्थानीयबासीहरु खुसी भएका छन्।

चालू आर्थिक वर्षका स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतका योजना सम्झौता गर्न वडाहरुमा घुम्ति शिविर सञ्चालनमा ल्याइएको हो। पुस १३  गते ६ नम्बर वडाबाट सम्झौता गर्ने कार्य सुरु भएको छ। शिविर टोली सवै वडामा पुग्ने छ। वडा कार्यालयले वडाभित्रका योजनाहरु, उपभोक्ता समितिहरु र सम्झौताका लागि आवश्यक कागजातहरु तयार पार्ने र घुम्ती शिविरमा पुगेका प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारीहरुले सम्झौता गरेर फर्कने गरेका छन्। 

यसअघि वडाबाट गाउँ पालिका पुग्दा भिड् बढी हुने, धेरै दिन लाग्ने र उपभोक्ताको खर्च बढी हुने भएकाले झन्झटिलो हुने गरेको उपभोक्ताहरु बताउँछन्।  

प्रकाशित: १३ पुस २०७९ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App