२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाहीमा जाडोले कठ्याग्रीएर फेरि एक वृद्धको मृत्यु

सर्लाहीमा चिसोले फेरि एक जनाको मृत्यु भएको छ। आगो बाल्ने दाउरा खोज्न गाउँभन्दा अलि टाढा गएकी एक वृद्ध महिलाको जाडोले मृत्यु भएको आफन्तले दाबी गरेका छन्।

सर्लाहीको बसबरिया गाउँपालिका ५ धनगढाकी ७९ वर्षीय एक वृद्धाको जाडोले मृत्यु भएको आफन्तको दाबी छ। ७९ वर्षीया श्रीपतीदेवी पासवानको जाडोले कठ्याग्रीएर मृत्यु भएको मृतकका छोरा बच्चेलाल पासवानले बताए। 

मंगलबार दिउँसो दाउरा खोज्नको लागि गाउँभन्दा टाढा गएको र चिसो हावा चलिरहेको कारण कठ्याग्रीएर बेहोस भइ ढलेको पासवानको भनाइ छ। बेहोस भइ ढलेको खबर पाएपछि उपचारको लागि अस्पताल पु¥याउँदा बाटोमा नै आमाको मृत्यु भएको छोरा बच्चेलाल पासवानले बताए।

सर्लाहीमा यसअघि जाडोले दुई जनाको मृत्यु भइसकेको छ। बसबरिया गाउँपालिकाको धनगढामा वृद्ध महिलाको जाडोले कठांग्रिएर मृत्यु भएको विषयमा जानकारी नभएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १३ पुस २०७९ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App