६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

गरगहना चोरी गर्ने ३ गिरोह पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले गरगहना तथा नगद चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ। पदम सुनार, लक्ष्मण खत्री र लालचन्द्र दमाईलाई प्रहरीले लिइएको हो।

तातोपानी गाउँपालिका ६ कि सावित्री नेपालीको घर र पसलबाट गरगहना र नगद चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको डिएसपी नरेन्द्र चन्द्रले बताए।

चन्द्रका अनुसार गत मंसिर २३ गते रातिको समयमा नेपालीको घर र पसलबाट गरगहना चोरी भएको थियो। सावित्रीले प्रहरी चौकी हाँकुमा निवेदन दिइएकी थिइन्। अनुसन्धानका क्रममा पुस ९ गते तातोपानी गाउँपालिका ५ बस्ने वर्ष २० का लालचन्द्र दमाईको घरको कोठा बाट निवेदकको चोरीको सामान मध्ये खुट्टामा लगाउने चाँदीको पाउजु फेला पारी प्रहरीले बरामद गरेको थियो।

उक्त लालचन्द्र दमाईलाई पक्राउ गरी सोधपुछ गर्ने कम्रमा लक्ष्मण खत्रीको समेतको संलग्नता रहेको भेटिएको थियो। चोरी गरिएका अन्य सामान ती दुवैजनाले जुम्लाको चन्दननाथ नगरपालिका ८ घर भई हाल पातारासी गाउँपालिका ५ लासी बजारमा बस्ने पदम सुनारलाई बिक्री गरेका थिए।

सुनारको गाउँपालिका ५ लासी बजारमा अवस्थित सुनचाँदी पसलमा खानतलासी गर्ने क्रममा फेला सो सामान परेको हो। तर सुनको स्वरूप बिगारी अर्को सुन बनाइएको अवस्थामा फेला परेको प्रहरी बताउँछ।

तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित: १२ पुस २०७९ १६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App