२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सुन कारोबार मुद्दामा रकम असुली गरेको आरोपमा बुटवलका डिएसपी केसी प्रहरी नियन्त्रणमा

सुन कारोबार सम्बन्धि मुद्दामा रकम असुली गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुटवलमा एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर फिर्ता गर्न २५ लाख रकम मागेको आरोपमा डिएसपी केसी पक्राउ परेका हुन्। प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो(सिआइबी)को टोलीले डिएसपी केसीलाई गएराती निवासबाटै नियन्त्रणमा लिएको हो। सिआइबीको टोलीले उनको निवासबाट ३५ तोला सुन र १८ लाख नगद बरामद गरेको बताइएको छ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर राखेको र फिर्ता गर्न २५ लाख रकम मागेको आरोप डिएसपी केसी माथि लागेको थियो। सुराकीको आधारमा बुटवल खटिएको सिआइबीको टोलीले गएराती चेक र नगद गरी १८ लाख रुपैँया र ३५ तोला सुन सहित डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो।

पैसा लिएर सुन फिर्ता गर्ने क्रममै केसीलाइ सिआइबीको टोलीले नियन्त्रणमा लिएको बताइएको छ। केसीलाई अहिले जिल्ला प्रहरी कार्यालय भैरहवा राखीएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ पुस २०७९ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App