२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

लासीमा खाद्य डिपो (नुन चामलको) को वितरण केन्द्र स्थापना गर्न हस्ताक्षर संकलन

खाद्य डिपो (नुन चामलको) को वितरण केन्द्र स्थापना गर्न हस्ताक्षर संकलनको तस्बिर: गोल्डेन बुढा

पातारासी गाउँपालिकामा बुद्धिजीवी तथा युवा समाजले खाद्य डिपो (नुन चामलको) को वितरण केन्द्र स्थापना गर्न हस्ताक्षर संकलन अभियान थालेका छन्। शनिबार गाउँपालिकामा बसोबास गर्ने करिब १ हजार ५ सय ७५ जनाले एक मुष्ट हस्ताक्षर गरेका हुन्।

पातारासी–५ का अगुवा भक्त बहादुर बुढाको संयोजकत्वमा यो अभियान थालिएको हो। अगुवा भक्त बहादुर बुढा अनुसार जुम्लाको सदरमुकाम खलंगादेखि पूर्वी भेगमा पातारासी गाउँपालिका पर्छ,त्यो क्षेत्रलाई चौधबिस भेग पनि भनिन्छ । त्यो मुकाम खलंगादेखि निकै टाढा रहेकोले चौधबिस बासीले हस्ताक्षर संकलन अभियान सञ्चालन गरेर अनुदानमा वितरण गरिने नुन चामलको डिपो माग गरेका हुन्। संकलित हस्ताक्षर स्थानीय सरकार गाउँपालिका, जिल्ला प्रशासन कार्यालय,नेपाल  साल्टट्रडिङ कर्पोरेसन र खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेड जुम्लामा बुझाउने तयारी छ। संघीय संरचना अनुसार मुकाममा रहेका कार्यालयहरु विकेन्द्रीकरण हुनु पर्ने हो तर नुन र चामल वितरण गर्न डिपो (कार्यालय) खलंगा सदरमुकाममै  छन्। यद्यपी सिंजा भेगमा पर्ने नराकोट र गोठीज्यूलामा भने नुनको डिपो राखेर स्थानीय स्तरमै वितरण गर्ने गरिएको छ। संघीयता अघिदेखि नै जुम्लाकोट र धापामा चामलको डिपो भएपनि डिपोमा चामल पाईने गरेको छैन। चौधविस पातारासी गाउँपालिका जहाँ ७ वटा वडा रहेका  छ त्यो क्षेत्रमा नुन चामलको डिपो छैन। अहिले पनि त्यहाँका स्थानीय नुन चामलका लागि सदरमुकाम खलंगामा धाउने गरेका छन्।  

हुरीमहरी गढीगाउँबाट करिब दुई दिनको पैदल यात्रामा पर्ने खलंगा गाँउमा  पुगेर अनुदानको नुन चामल लिने गरेको स्थानीय भक्तबहादुर बुढाले बताए।  

उनले भने, ‘ यो क्षेत्रमा कच्ची सडक काटिए पनि नियमित सवारी साधन सञ्चालन हुने गरेका छैनन्। पैदलै आउजाउ गर्नुपर्ने अवस्थाले पातारासी गाउँपालिकाको मुकाम डिल्लीचौर लासी बजारमा अनुदानको नुन चामलको डिपो राखेर वितरण गर्न सरकारसँग माग गरेका छौँ।’  

नेपाल साल्टट्रडिङ कर्पोरेसन र खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेड शाखा जुम्लाका प्रमुख खगेन्द्र मल्लले चौधविसका जनताको माग जाहेच भएको बताए। उनका अनुसार कार्यपालिकाको बैठक बसेर  निर्णय प्रशासनलाई बुझाउनु पर्छ, प्रशासनले  केन्द्रीय कार्यालयमा सिफारिस पठाउनुपर्छ, केन्द्रीय बाट स्वकृती भएर आएपछि उनिहरुको माग सम्बोधन हुनेछ।  

प्रकाशित: ९ पुस २०७९ ०९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App