२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

स्कुलमा अनौठो रोग, दैनिक बेहोस हुन्छन् विद्यार्थी

जुम्ला–जनप्रिय प्रावि डुंग्रीमा कक्षा ४ मा अध्यायनरत माया कुमारी शाही निरन्तर ४ हप्तासम्म बेहोस भइन्। स्कुल आउने बेहोस हुने र घर फर्कने उनको दैनिकी बन्यो। अहिलेसम्म स्कुल आउँदा बेहोस हुने रोगले छाडेको छैन्।  कक्षा ३ मा अध्यायनरत सृजना कुमारी शाही स्कुलमा गएपछि बेहोस हुन थालेपछि स्कुल जान छोडेकी छन्।

उनी निरन्तर ४ हप्तासम्म बेहोस हुन थालेपछि अभिभावकले स्कुल जान रोक लगाए। कक्षा २ का नविन कुमार शाही बेहोस हुँदा दैनिक विद्यालयको अफिस कोठामा पल्टेर दिन बिताउँछन । अध्यायन गर्न स्कुल आएका विद्यार्थी बेहोस हुन थालेपछि शिक्षक, अभिभावक निकै चिन्तित छन्।

यी विद्यार्थी त प्रतिनिधि मात्रै हुन्। दैनिक करिव १४/१५ जना विद्यार्थी कक्षा कोठामा पढ्दै गर्दा बेहोस हुन्छन्। कहिले लाइन लागेकै समयमा ढल्ने गरेको प्रधानाध्यापक धनलक्ष्मी शाहीले जानकारी दिइन्। विद्यार्थी बेहोस भएर ढल्ने कारण पहिल्याउन अहिलेसम्म सकिएको छैन। ‘स्कुलको गेट बाहिर आउँदा विद्यार्थीलाई निको भइहाल्छ,’ उनले भनिन्, ‘बेहोस भएका विद्यार्थी स्कुलवाट घर जान पटक्कै मान्दैनन्।’ कोकेर घर पुरयाउनु परेको उनको भनाइ छ। विद्यार्थीमा आश्चर्य जनक व्यथा लाग्न थालेपछि स्थानीय निकै दुखी बनेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाही स्कुलको खेल मैदानमा कैलाश देवताको मन्दिर भएकोले देउता लाग्ने गरेको बताँउछन्। उनले भने, ‘कैलाश देवताको थलोमा विद्यालय बनाउँदादेखि विद्यार्थीमा यस्तो समस्य देखिएको हो। देउतालाई धितो हालियो, स्कुलको साइटमा मन्दिर बनाइयो तर विद्यार्थी विरामी हुने क्रम रोकिएको छैन।’

एक महिनासम्म रोकिएको बेहोस हुने क्रम अहिले दैनिक दिन चलिरहेको छ। रोगको पहिचान हुन नसक्दा चिकित्सककँहा लैजना नसकेको शिक्षकहरु बताउँछन। ५ देखि १० वर्ष उमेर समुहका विद्यार्थी वढी वेहोस हुने गरेका छन्। साउन र असार महिनामा वढी बहोस हुने गरेको विद्यालयले जनाएको छ।

प्रधानाध्यापक शाहीले बेहोस भएर निको हुँदै गरेका विद्यार्थी घर पठाउँदा घर नजाने भन्ने गरेको बताइन। स्कुल सुरु भएको सात वर्ष देखि बिद्यालयले यस्तो समस्या देखिएको उनले जनाइन्। विद्यालयले आफ्नो क्षेत्रका स्रोत व्यक्ति र विद्यालय निरीक्षकलाई जानकारी गराइसकेको छ। देउताको कारणले विद्यार्थी बेहोस भइरहेको भन्दै वाविरा, सुनारगाउँ देउतासँग हेराएर भाकल गरिसकिएको तर हालसम्म बेहोस हुने क्रम नरोकिएको विद्यालयले जनाएको छ।

अहिले अभिभावकहरु निकै चिन्तित अवस्थामा छन्। उनीहरुले शिक्षा कार्यालयसँग विद्यालय भवन माग गर्दै विद्यालय स्थान्तरणको लागि पहल गरिरहेका छन । २०६४ सालमा स्थापना भएको विद्यालयमा अहिले १ सय ६४ जना विद्यार्थी छन्। पछिल्लो समय बेहोस हुन थालेपछि ५० प्रतिशत विद्यार्थी स्कुल आउदैनन्। अहिले सो विद्यालयमा १ राहत, १ पिसिएफ र एक निजी शिक्षक गरी ३ जना छन् । सरकारी दरबन्दी अझै परेको छैन्।

भौगोलिक विकटताका कारण स्थापना गरिएको विद्यालयको भौतिक संरचना समेत निकै जीर्ण छ । जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले विद्यार्थी बेहोस भएको खवर आफू कहाँ नपुगेको बताए। गाउँलेलाई देउताकै कारण विरामी भएको हुन सक्ने आशंका लागे ब्राह्मण बोलाएर स्थानान्तरण गरे हुने बताए।

 

प्रकाशित: २० असार २०७३ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App