रोल्पाबाट पोर्चुगल पुगेका योगेश मल्ल र रेशु शाह दम्पत्तीले गत मंसिर २६ गते छोरी जन्माए। छोरी जन्मेको खुसि एकातिर थियो भने अर्को तिर परम्परा जोगाउने रहर चुनौती बनेको थियो। रोल्पामा रहेका दाजु मधुकर मल्ल लगायतका आफन्त सँगको सल्लाह बमोजिम बिहिबार छोरीको बिधिबत न्वारान गरियो तर तरिका फरक थियो। त्यो थियो अनलाईन न्वारान।
रोल्पा सदरमुकाममा रहेको मल्ल परिवारको घरमा पण्डित आए। कलश, होम, गोदान स्थल अर्थात आबस्यक पुजाको सबै तयारी गरियो। उता पोचुगलमा रहेका योगेश दम्पत्ती नुहाईधुवाई गरि चोखो कपडामा बच्चा सहित मोवाईलमा देखिए। पण्डितले मन्त्र सुरु गरे। यता मधुकरले प्रत्यक्ष पुजा गरे भने मोवाईलमा योगेश दम्पत्तीले साथ दिए।
‘उनिहरु उता चोखो निधो गरेर अनलाई आए। यता ठुलोबुवाले पुजा गर्नु भयो। छोरीका बुवा आमाले कन्यालाई टिकाटालो गरिदिए।’ जलजला बहुमुखी क्याम्पसका उपप्राध्यापक समेत रहेका पण्डित दिपेन्द्र शर्माले भने ‘अनलाईन न्वारान गर्नुको बिकल्प थिएन। सके सम्म सस्कार र सस्कृती जोगाउन अधिकतम प्रयास गरेका हौ।’
![](https://images.nagariknewscdn.com/photos/1671786788_Rolpa%20Online%20Puja%20(7).jpg)
यो परिवारमा अनलाई पुजा गरेको यो पहिलो पटक भने होईन। मधुकरका अनुसार संयोग उस्तै छ। आज भन्दा ठिक ३ बर्ष अघि आजैका दिन योगेशको पहिलो छोरीको पनि यसै गरि अनलाईन न्वारान भएको थियो। मधुकरले भने ‘तिन बर्ष अघि पनि यसै गरि जेठि छोरीको न्वारान गरेका थियौ।’ पण्डित शर्माले एकै दिन दुबै बच्चाको न्वारान हुनु सुखद संयोय भएको बताए। ‘अनलाईन पुजा ३ बर्ष अघि आजैका दिन यहि गरेको थिए फेरी आज संयोग जुरेको छ।’
रोजगार, अध्ययन वा अन्य कामका लागि बिदेश पुगेकाहरुलाई समय समयमा सस्कृती जोगाउने चुनौती हुन्छ। तर पछिल्लो समय अनलाईन पुजाले केहि सहज भने भएको छ।
![](https://images.nagariknewscdn.com/photos/1671786848_Rolpa%20Online%20Puja%20(11).jpg)
![](https://images.nagariknewscdn.com/photos/1671786844_Rolpa%20Online%20Puja%20(8).jpg)
प्रकाशित: ८ पुस २०७९ ०९:०१ शुक्रबार