२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

माडीमा लगातार वर्षा, बाढीको खतरा बढ्यो

चितवन–शुक्रबार बिहान सवेरैदेखि परेको वर्षाका कारण चितवनको माडी क्षेत्रमा बाढीको खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले सजग रहन सूचना जारी गरेको छ । बिहान तीन बजेदेखि परेको पानी आज दिनभर नै पर्ने सम्भावना रहेको शाखाको अनुमान छ ।
 माडी बाढीको उच्च जोखिममा रहेको क्षेत्र हो । छरछरे, कल्याणपुर लगायतका क्षेत्रमा बाढीले खतराको विन्दु पार गरेको शाखाले विवरण दिएको छ। यो क्षेत्रमा रिउ, बाँदरमुढे, मरोठ खोला जस्ता दर्जनौ खहरे बग्ने गर्दछन् । माडीमा चल्ने यातायात आज बन्द छन् । धेरै खोलामा पुल नहुँदा बाढी आउँदा गाडी चल्न कठिनाइ हुने गरेको छ।

 

प्रकाशित: १७ असार २०७३ ०६:०१ शुक्रबार

माडीमा लगातार वर्षा बाढीको खतरा बढ्यो