१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

लैगिंकमैत्री समाज निमार्ण गर्न पुस्ता समानता आवश्यक

पुस्ता समानताको लागि राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न भएको छ। ‘राइट हियर राइट नाउ’को सहयोगमा बियोण्ड बेइजिङ कमिटीले सोमबार उक्त परामर्श कार्यक्रम आयोजना गरेको हो।  

कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष सुशीला श्रेष्ठले लैंगिक उत्तरदायित्वमैत्री समाजको लागि महिला, बालबालिका, यौनिक तथा अल्पसंख्यक समूहलगायत उत्पीडनमा परेका र पछाडि पारिएका प्रत्येक व्यक्ति तथा समुदायलाई राज्यले सुरक्षा, सुविधा तथा अधिकारमाथि पहुँचको सुनिश्चितता गरिनुपर्ने बताइन्।

पुस्ता समानताको लक्ष्य हासिल गर्न प्रत्येक व्यक्तिले घरबाटै सुरु गनुपर्ने बताउँदै अध्यक्ष श्रेष्ठले भनिन, ‘राज्यले महिलाहरू उपर लगानी गर्नुपर्‍याे, उत्पीडनलाई सम्बोधन गर्ने किसिमको नीति नियम ल्याउनुपर्‍याे। यसका लागि सरकारले सोहीअनुरूप कार्ययोजना बनाइ कडाइको साथ कार्यान्वयन गर्नुपर्छ।’ उनले थपे– ‘हरेक महिलालाई उनको क्षमता र दक्षताको आधारमा मूल्याङ्कन गरिनुपर्छ, लैंगिक भिन्नताको आधारमा होइन। यसको सुरुआत प्रत्येकले घरबाट गर्नु जरुरी छ।’

लैंगिक विभेद अन्त्यको लागि घर, सडक र सदनमा समावेशी सहभागिता हुनुपर्ने बताउँदै उनले अबको नेतृत्व लैंगिक विभेदररहित हुनपर्ने उल्लेख गरिन्। यसका साथै लैंगिकमैत्री समाज निमार्ण गर्न नेतृत्व तहको सोच, विचार र व्यवहारमा परिवर्तनशील व्यक्तिलाई पु¥याउनुपर्ने बताइन्। उनले लैंगिक समानताको लागि महिला मन्त्रालय र राष्ट्रिय महिला आयोग लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासमक्ष अर्थपूर्ण पहल गरिनुपर्ने बताइन्।  

यस्तै संस्थाकी निर्देशक रञ्जिता सिलवालले राज्यको नीतिनियम पुरुषमैत्री भएको हुँदा पनि समाजमा महिलाहरू, अल्पसंख्यक तथा पिछडीएको समूदायको अवस्थालाई नजरअन्दाज गरिएको बताइन्। उनले पुस्ता समानताको लागि महिलालाई सहभागिता बढाउने पात्रका रुपमा मात्र नराखी  नेतृत्व तहमा लानुपर्ने बताइन्। उनले भनिन्, महिला केन्द्रित नीतिनिर्माण गर्ने ठाउँमा महिलाकै उपस्थित हुनु आवश्यक हुन्छ किनभने महिलाका समस्या जति उनीहरुले बुझ्छन् त्यति पुरुषले बुझ्न सक्दैनन्।  

पुस्ता हस्ताणतरण फोरम संयुक्त राष्ट्रसंघका महिलाहरूले आयोजना गरेको विश्वव्यापी अभियान हो।  यो मेक्सिको र फ्रान्सका सरकारहरूले युवा र नागरिक समाजको साझेदारीमा आयोजना गरेको लैंगिक समानताको अभियान हो।

सन् २०२१ मा मेक्सिकोबाट सुरू भएको यस अभियान पेरिसमा समापन भएको थियो जसले विश्वभरका सरकारहरू, नियोगहरू र परिवर्तन निर्माताहरूलाई लैंगिक हिंसा अन्त्यको लागि महत्वाकांक्षी लगानी र नीतिहरू परिभाषित गर्न प्रेरित गरेको थियो।

यसै अनुरूप बियोण्ड बेइजिङ कमिटीले ३ वटा एजेण्डामा काम गर्ने प्रतिबद्धता जनाउँदै यसमा अभियानमा जोडिएको छ। सोहीअनुरुप संस्थाले यौन प्रजनन, स्वास्थ्य शिक्षा तथा महिलावादी नेतृत्व र अभियान, आर्थिक न्याय, शारीरिक स्वयत्तता सम्बन्धी एजेण्डाहरूमा वकालत गर्दै आएकोे परियोजना अधिकृत कल्पना राईले बताइन्। उनले लैङ्गिक समानता हासिल गर्ने योजनालाई गति दिन संस्थाले सरकारी निकायहरू, सम्बन्धित गैर सरकारी संस्थाहरू तथा युवाहरूसँग मञ्च साझा गरिरहेको बताइन्।

प्रकाशित: ४ पुस २०७९ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App