१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कैलालीको सुन पसलमा गोली चल्दा एकजना घाइते

कैलालीमा सुनचाँदी व्यवसाय गर्दै आएका एक जना पसलेमाथि गोली प्रहार भएको छ। 

आइतबार बेलुकी पसल बन्द गरेर घर जाँदै गर्दा अत्तरिया बजारको पूर्व रोडमा करिब ७ बजेर २० मिनेटमा  सुनचाँदी व्यवसायी विकास सुनारमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखड बजारमा बस्दै आएका करिब २८ वर्षिय सुनार अत्तरियामा व्यवसाय गर्दै आएका थिए। पसल बन्द गरेर अत्तरिया बजारबाट पूर्वतर्फ जाँदै गरेका उनलाई पूर्वबाट पश्चिमतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले उनलाई गोली प्रहार गरेका थिए।

गोली प्रहारबाट सुनारको दाहिने हात र ढाडमा चोट लागेको छ। अत्तरियाको पद्मा अस्पतालमा उपचारका लागि लगिएका उनलाई थप उपचारका लागि भने धनगढीस्थित मायामेट्रो अस्पतालमा रेफर गरिएको छ।  

प्रकाशित: ३ पुस २०७९ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App