७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

माइती नेपाल चितवनद्धारा मानव बेचविखनमा परेका १० जनाको उद्धार

माईती नेपाल चितवनले मानव बेचविखनमा परेका १० जनाको उद्धार गरेको छ। ११ महिनाको अवधिमा विभिन्न होटेलबाट उनीहरुको उद्धार गरेको  हो। माइती नेपाल चितवन शाखका संयोजक इश्वर गिरीका अनुसार चितवनका प्रमुख सहरका होटलबाट उद्धार गरिएको हो।

 चितवन मानव ओसार प्रसारको केन्द्र रहेको बताईन्छ। यस्तै यो अवधिमा सिमा नाकाबाट ३६८लाई घर फिर्ता पठाएको गिरीले बताए। सिमा नाका तथा बसपार्कका ७१६ वटा सवारी साधानमा अनुगमन गर्दा उनीहरु फेला परेका हुन्। अहिले पनि मानव बेचविखन भैरहेको छ। 

अहिले माइती नेपाल चितवनले विभिन्न हिंसामा परेका ४७५ जनालाई उद्धार गरी संरक्षण गरेको छ। माइती नेपालले हिंसा न्यूनिकरण तथा मानव बेचविखन विरुद्ध जनचेतना मुलक कार्यक्रम समेत गर्दै आएको छ। सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी १ हजार ५६६ वटा कार्यक्रम गरेको  छ। हिंसा प्रभावित क्षेत्रका १ सय ४० वटा घरमा गएर जनचेतना मुलक कार्यक्रम समेत गरेको छ।  

प्रकाशित: २ पुस २०७९ ११:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App