२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

शव लिएर काबुलबाट फर्केको विमान कुर्दै मृतकका परिवार विमानस्थलमा

मृतक चन्द्र रानामगरको परिवार विमानस्थलमा। तस्विरः दीपक खरेल

काठमाडौं—  अफगानस्तिानको काबुलमा सोमबार भएको आत्माघाती आक्रमणमा मारिएका १२ नेपालीको शव बोकेर नेपाल वायु सेवा निगमको विमान काबुल विमानस्थलबाट फर्केर काठमाडौंमा अवतरण भएको छ। विशेष चार्टड विमानले शव ल्याउँदै गरेको थाहा पाएका पाएपछि मृतकका परिवार त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पुगेका छन्।

मृतकको शव काठमाडौं ल्याइपुर्‍याइँदा प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाने तयारीमा छन्। प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थल जाने कुराको जानकारी विमानस्थलस्थित सेना, प्रहरी तथा अध्यागमनका उच्च कर्मचारीहरुलाई दिइएको छ। प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले विमानस्थल जानका लागि प्रधानमन्त्री ओलीका अन्य कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ।

एयरलिफ्टबाट २४ जना नेपाल फर्किंदै

आत्मघाती आक्रमणमा मारिएको नेपालीको शव ल्याउन सरकारले नेवानिको जहाज आजै बिहान ३:३० बजे पठाएको हो। एयरबस ३२०–२३३ सो जहाजमा अफगानिस्तानबाट नेपाल फर्किन चाहने अन्य नेपालीलाई निःशुल्क ल्याउने व्यवस्था गरिएको थियो।  पाकिस्तानका लागि कार्यवाहक नेपाली राजदूत तीर्थराज अर्यालले अफगानिस्तान पुगेर सो कार्यका लागि संयोजन गरिरहेका छन्।

सो जहाजमा २४ जना नेपाली फर्किरहेको नेवानि स्रोतले जानकारी दियो। 'मृतकका शव कार्गोमा लोड गरिएको छ', नेवानि स्रोतले भन्यो, '२४ जना नेपालीले एयर लिफ्ट लिएर फर्किरहेका छन्।

प्रकाशित: ८ असार २०७३ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App