coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नक्कली प्रहरीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिने प्रहरीविरुद्ध आरोपपत्र दायर गरेको छ । 

आयोगले प्रहरी हबल्दार भीमसेन बस्नेतले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मंगलबार आरोपपत्र दायर गरेको हो । 

प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्यरत प्रहरी हबल्दार बस्नेतविरुद्ध कानुनबमोजिमको सजाय माग दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । रासस 

प्रकाशित: ७ असार २०७३ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App