२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आगलागीबाट एक घर नष्ट

फाइल तस्बिर।

विद्युत् सर्ट भएर आगलागी हुँदा उदयपुरमा एक घर र घरभित्र रहेका धनमाल जलेर नष्ट भएको छ। 

सोमबार दिउसो ३ः०० बजेको समयमा त्रियुगा नगरपालिका १२ साधना टोलस्थित अनितादेवी साहको घर जलेर नष्ट भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार काठ र टायलको छानो भएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घर र घरभित्र रहेका भाँडा बर्तन, लत्ताकपडा, अन्नपातलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। आगलागीबाट अन्दाजी ३ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको प्रहरी प्रवक्ता डिएसपी राकेश पोदारले बताए। आगो त्रियुगा नगरपालिकाको दमकल, प्रहरी टोली र स्थानीयको सहयोगमा ४० मिनटभित्र पूर्ण रुपमा नियन्त्रणमा ल्याइएको उनले बताएका छन्।

प्रकाशित: २६ मंसिर २०७९ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App