१६ चैत्र २०८० शुक्रबार
समाज

ताप्लेजुङमा एकबर्षको अवधिमा भएका मानव अधिकार उल्लंघका घटनामा २१ जना पीडित

ताप्लेजुङमा सन्  २०२२ मा २० वटा मानवअधिकारसँग सम्बन्धित घटनामा २१ जना पीडित छन्।  अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा घटनामा ३० जना पीडक छन्। बलात्कार ११ वटा,बाल यौन दुव्र्यवहार २ वटा,बलात्कार तथा मानव बेचविखन एउटा,स्वास्थ्यकर्मी तथा जेष्ठ नागरिकमाथि कुटपिट सम्वन्धी १÷१ वटा,हत्यासम्वन्धी ३ वटा र बहुविवाह सम्वन्धी एकवटा घटना भएका छन्। १० वर्षमाथि १८ वर्षमुनीका ५ जना बालकबलात्कार (बालविज्याँई) आरोपमा प्रहरी नियन्त्रणमा छन्। तीमध्ये दुई जना बालकलाई अदालतको आदेश बमोजिम क्रमशः चैत २२ गते र बैशाख २९ गते बालसुधारगृह पठाएको पाइएको छ।  

इन्सेक प्रतिनिधि देवराज गुरुङका अनुसार परिवारकै सदस्य,चिनजान भएका आफन्त तथा अपरिचित व्यक्तिबाट बालिका तथा महिला बलात्कृत भएका छन्। इन्सेक प्रतिनिधि गुरुङले भने,‘घटना संख्या सुन्दा सामान्य जस्तो लाग्छ। तर बालबालिकादेखि महिला र वृद्धा समेत निशानामा परेका छन्।’ ४ वर्षीया बालिकादेखि ७७वर्षीया जेष्ठ नागरिक पीडित छन्। जिल्लामा सबै स्थानियतहमिलेर तत्काल सेफ हाउस संञ्चालनहुनुपर्ने खाँचो औल्याएको छ। गुरुङले दोहो¥याए‘बलात्कार पीडित आधादर्जन बढि बालिका तथा महिला अहिले पनि विभिन्न सेफ हाउसमा छन्। कतिपय अन्यौल भविष्य सहित घरमै बस्न बाध्य छन्।’ ९ वर्षीया बालिका सामूहिक रुपमा बलात्कृत हुनु र १४ वर्षीया बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा ६ जनालाई पुर्पक्षकालागि थुनामा पठाएको घटना स्मरण गराउँदै सरोकारवालानिकाय गंम्भिर हुनुपर्नेमा इन्सेकले जोड दिएको छ।  जिल्लान्यायाधीस निर्मला योङयाले जिल्लामाबालिका र महिला पीडित भएको घटना पाइएको बताइन्। घरमा पति र पत्नीबीच झगडा भएर बेमेल बढ्ने र अदालतमा संम्बन्ध विच्छेद गरेर टुंगो लगाउने गरेको न्यायाधीस योङयाले जानकारी दिईन्। चालू आर्थिक बर्षमाअदालतमा ८९ थान मुद्धा सम्बन्ध बिच्छेदको दर्ता भएको छ। न्यायाधीस योङयाले भनिन्,‘सम्बन्ध विच्छेद धेरै भयो भन्छौ। तर पतितथा परिवारको हिँसा खेप्न नसकेर सम्बन्ध विच्छेद गर्नुपरेको कतिपयको बास्तविकता छ।’ फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमोदेवी ओझाले स्थानीय तहको न्यायिक उपसमितिमा २ सय ९५ वटा उजुरी दर्ता भएको जानकारी दिईन्। उनका अनुसार पति समेत पत्नीबाट हिंसामा परेको निवेदन समेत न्यायिक समितिमा परेको छ। न्यायिक समितिले हेर्न मिल्ने मात्र निवेदन दर्ता गर्ने र बाँकी सम्बन्धित निकायमा लैजान अनुरोध गर्ने गरेको ओझाले बताईन्।  

गैर सरकारी संस्था महासँघ ताप्लेजुङका अध्यक्ष खड्गविक्रम सुवेदीले मानवअधिकारको विषय ब्यापक भएकाले निरन्तर छलफलमा हुनुपर्नेमा जोड दिए। फुङलिङ नगरप्रमुख अमिर मादेनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा सचेतनामुलक कार्यक्रम गर्नुका साथै बाँकीदिनमा समेत निरन्तर कार्यक्रमगर्ने प्रतिबद्धता व्यक्त गरे। नगरप्रमुख मादेनले १६ दिने अभियानको बेलामात्र अधिकारको बहस गर्नु ठीक नहुने बताउँदै यो हरेक दिन उठ्नुपर्ने विषय भएको उल्लेख गरे। लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानचलिरहेकै बेला इन्सेक ताप्लेजुङले बार्षिक पुस्तक समिक्षा गरेको हो। नेपाल बार इकाईका अध्यक्ष बलराम भट्टराई र जिल्ला न्यायधिवक्ता मौना सिंहले महिलाअधिकारको  विषयमा प्रस्तुती समेत गरेका थिए। इन्सेकले मानव अधिकारको घटना अभिलेखीकरण गर्ने गरेको छ।

प्रकाशित: २४ मंसिर २०७९ ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App