८ वैशाख २०८१ शनिबार
समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ३ घाईते

शुक्रबार उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन्। विहान ११ः४० बजेको समयमा गाईघाट–फोक्सिन्टार सडक खण्डको त्रियुगा नगरपालिका १५ खाँबु छामलिङमा स १ त ४९४६ नं. को ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय शिवराज घिमिरेको ज्यान गएको हो।  

गाईघाटदेखि किराना सामान लिएर रौतामाई गाउँपालिका ३ को रसुवातर्फ जाँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखि झण्डै २ सय मिटर तल झरेर दुर्घनामा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घट्नास्थलमै ज्यान गुमाउने शिवराज रौतामा ६ का नारायण घिमिरेका छोरा हुन्।  

दुर्घटनामा परी चालक रौतामाई ४ निकासका डम्बरबहदुर आचार्यका छोरा २३ वर्षीय सरोज आचार्य गम्भीर घाईते भएका छन्। बेहोस् अवस्थामा रहेका उनलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि बिपी प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। ट्याक्टरमा सवार अन्य २ जना सहचालक त्रियुगा नगरपालिका ११ दोभानका चन्द्रबहादु्र मगरका छोरा १७ वषीृय रोमन मगर र त्रियुगा ३ मिलनचोकका ३५ वर्षीय पुरुषोत्तम कार्की समान्य घाईते भएका छन्।  

उनीहरु दुवैको हात खु्ट्टा, टाउकोलगायत शरिरका बिभिन्न भागमा घाउ चोट लागेको र जिल्ला अस्पतालमै उपचार भईरहेको छ। प्रहरी चौकी साउनेको टोलीले सुरक्षित गरेको घटनास्थलमा जिल्ला प्रहरी टोली पुगेर सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरी प्रवक्ता डिएसपी राकेश पोदारले बताए।  

प्रकाशित: २३ मंसिर २०७९ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App