१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सन्धिखर्क बजार भित्रका सडक पेटी ओगट्न नपाइने

सन्धिखर्क नगरपालिका भित्र पर्ने मुख्य बजार सन्धिखर्क र चुत्राबेसी आसपास सडक पेटीमा मालवस्तु राख्न नपाइने भएको छ। सडक नै ओगट्ने गरी मालवस्तु राख्दा बजारको सौन्दर्यता बिग्रने तथा सवारी दुर्घटना बढ्ने भएपछि सडकमा सामान राख्न निषेध गरिएको हो।

व्यापारीहरूले सडकको चोक तथा फुटपाथमा निर्माण सामग्री, तरकारी तथा फलफूल, किराना, फेन्सी सामग्री बिक्री वितरणका लागि सडक ओगट्ने गरी सामानहरु राख्ने गरेका छन्। 

सवारी दुर्घटना बढ्ने तथा सडक जाम हुन थालेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो।

सडकको पेटी, सडक तथा चोकहरुमा सामग्रीहरु राखेको पाइएमा कानुन अनुसार कडा कारबाही गरी जरिवाना गर्ने सन्धिखर्क नगरपालिकामा आज बसेको सर्व पक्षीय बैठकले निर्णय गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।

सडक अतिक्रमित गरी निर्माण सामग्री राखिएको पाइएमा तुरुन्त खाली गर्ने, मालवस्तु ल्याएका सवारी साधनहरुबाट बेलुका ५ बजे देखि बिहान ९ बजे सम्म मात्र सामग्री अनलोड गर्ने, सडकमा पानी फाल्ने कार्य निषेध गर्ने, ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यवसायीहरुले आफ्नो व्यवसाय कक्षमा अनिवार्य रुपमा कम्तीमा २५ लिटर क्षमताको अग्नि नियन्त्रण साधन राख्नु पर्ने लगायतका निर्णय नगरपालिकाले गरेको छ।

प्रकाशित: २१ मंसिर २०७९ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App