५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

रिसोर्टमा मृत भेटिएका मिडिया काउन्सिलका अध्यक्ष शिव भट्राईबारे अनुसन्धान जारी

मधेस मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई सर्लाहीको एउटा रिसोर्टमा मृत अवस्थामा भेटिएको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई शनिवार बिहान सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा मृत अवस्थामा भेटिएका थिए।  

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औँ साधारण सभामा अतिथिका रुपमा सहभागी हुन काउन्सिल अध्यक्ष भट्टराई शुक्रवार आएका थिए। शाखाको साधारण सभा शनिवार बिहान रिसोर्टमा नै राखिएको थियो।

शनिबार बिहान कार्यक्रम सुरु हुने समयसम्म काउन्सिल अध्यक्ष भट्राई कोठाबाट बाहिर ननिस्केपछि सोधीखोजी हुँदा मृत अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि प्रवीण पोखरेलले काउन्लि अध्यक्ष भट्टराईको आधा शरीर ओछ्यानमा र आधा शरीर भुइँमा रही मृत अवस्थामा भेटिएको बताएका छन्।  

काउन्सिल अध्यक्ष भट्टराई सुतेको कोठाको ओछ्यानमा नै वमिट गरिएको थियो। घटनाको प्रकृति हेर्दा औषधि खान खोज्दा भट्टराईलाई सर्केको र सोही अवस्थामा मृत्यु भएको एसपि पोखरेलको भनाइ छ। अध्यक्ष भट्राईको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको र पोस्टमार्टमपछि मृत्युको कारणबारे जानकारी आउने एसपि पोखरेलको भनाइ छ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्व अध्यक्ष तथा केन्द्रीय समितिमा उपाध्यक्षसमेत रहिसकेका काउन्सिल अध्यक्ष भट्राई पछिल्लो समय उच्च रक्तचाप तथा मधुमेहको बिरामी भएको बताइएको छ। सर्लाही प्रहरी प्रमुख एसपि पोखरेलका अनुसार मदिरा सेवन गर्ने व्यक्ति नभएको बुझिएका काउन्सिल अध्यक्ष भट्टराई औषधि खाने बेलामा नै सर्केर ओछ्यानमा ढलेको घटनास्थलको प्रकृतिबाट देखिएको बताएका छन्।

काउन्सिल अध्यक्ष भट्टराईको मृत्यु भएपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारण सभा स्थगित भएको शाखा अध्यक्ष टंक क्षेत्रीले जानकारी गराएका छन्।

प्रकाशित: १७ मंसिर २०७९ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App