८ वैशाख २०८१ शनिबार
समाज

अपाङ्गता भएका व्यक्ति भन्छन्: हाम्रा समस्या ज्युँका त्युँ छन् दिवसको के अर्थ ?

क्याप्शन

जुम्लामा ३१ ओैं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ। कर्णाली प्रदेशसभा (क) का सांसद देवेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यमा र अपाङ्ग पुर्न स्थापना केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेको अध्यक्षतामा अपाङ्गता दिवस मनाइएको हो।

चन्दननाथ नगरपालिका बाट निकालिएको र्‍याली जुम्ला बजार परिक्रमा गिर पुनः नगरपालिकाको प्राङ्गणमा आएर कार्यक्रममा परिणत भएको थियो। अपाङ्गता भएका व्यक्तिहरुले हातमा प्ले कार्ड लिई नारा लगाएर बजार परिक्रमा गरेका थिए।

प्ले कार्डमा 'अपाङ्गताहरू लागि अपाङ्ग मैत्री संरचना निर्माण गर' जस्ता महत्त्वपूर्ण नारा लेखिएका थिए। विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाइन्छ। यो वर्षको नारा 'समावेशी विकास लागि रूपान्तरित समाधान: पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सृजनशीलताको प्रावधान' भन्ने तय भएको थियो।

सांसद देवेन्द्र बहादुर शाहीले अपाङ्गता भएका व्याक्तीहरुको पनि राज्यले छुट्टै कानुन बनाएको बताए। नीति नियम निर्माण भए तर कार्यान्वयन नहुनु दु:ख्को कुरा भएको उनले जनाए। उनले अपाङ्गताहरूका लागि प्रदेश सरकार सँग निरन्तर पहल गर्ने आश्वासन दिए।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजालले अपाङ्गहरूलाई विभिन्न सेवा र सीप मुलुक तालिमको पनि उपलब्ध गराएको बताइन्। उनले जुम्लामा अपाङ्गता व्यक्तिका लागि सेवा प्रवाहमा कुनै कन्जुस्याइँ नभएकाे दाबी गरिन्। राष्ट्रिय अपाङ्ग महासंघका नेपालका पर्व सचिव मुकुन्द दाहालले अपाङ्गता भएका व्यक्तिहरूलाई विकासको मूलधारमा ल्याउन शिक्षा, स्वास्थ्य, सुरक्षा आदिमा प्रतिनिधित्वमा समावेश गराउने वातावरण बनाउनुपर्ने कुरामा जोड दिए।

उनले भने अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, कानुनी र सुधारमा रहेका अवरोधलाई न्यूनीकरण गर्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि राज्यको सेवा सुविधामा सरल र सहज पहुँचयुक्त वातावरण निर्माण गर्नु आजको आवश्यकता हो।

नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले स्थानीय तहहरूमा बन्ने भवनहरू अपाङ्ग मैत्री बनाउनु पर्ने बताए। अपाङ्ग पुर्न स्थापना केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेले जुम्लामा करिब ५ हजार भन्दा बढी अपाङ्गता व्यक्ती रहेको बताए। 

प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै आए पनि अपाङ्गता भएका व्यक्तिहरूका समस्या भने ज्युँका त्युँ छन्। दिवसले आफूहरूको पीडामा मलहम लगाउन नसकेको उनीहरूको गुनासो छ।

प्रकाशित: १७ मंसिर २०७९ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App