विगतका हरेक निर्वाचनपछि मतदाताहरुको एउटै गुनासो हुने गरेको थियो, निर्वाचन अघि घरघरै आएर भेट्ने नेताहरु चुनावपछि फर्केर आउँदैनन्। तर यतिबेला कालिकोमा भने विजयी सांसद मात्र होइन,पराजित उम्मेदवारहरु पनि मतदाता भेट्न गाउँ घरमा पुगेका छन्।
मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका उम्मेदवारहरु टोलटोलमा पुगेर विजय उत्सव मनाइरहँदा पराजित उम्मेदवारहरु पनि टोलटोलमै पुगेर आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिइरहेका छन्।
जिल्लाका दुईवटै निर्वाचन क्षेत्रबाट विजयी भएका उम्मेदवारहरु घरदैलोगर्दै मतदाताबाट बधाई थापिरहेका छन्। निर्वाचनमा पराजित भएका एमालेका उम्मेदवार नगिन्द्र शाही नेश्नल, कुर्मराज शाही, बिरेन्द्र बुढा पनि घरदैलो अभियान गरेरै मतदातालाई धन्यवाद ज्ञापन गर्न जुटेकी रहेकी छिन्।
प्रतिनिधिसभातर्फ कालिकोटबाट निर्वाचित गठबन्धनका महेन्द्रबहादुर शाही, प्रदेश (क) मा निर्वाचित गठबन्धनका दुर्गबहादुर रावत, र प्रदेश (ख) बाट निर्वाचित हिक्मत बिष्टले आ–आफ्ना क्षेत्रमा पुगेर मतदातालाई धन्यवाद दिँदै निर्वाचन अघिका वाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। साथै मतदातालाई भेट्दै बधाई साटासाट गरिरहेका छन्।
उनीहरुले आफूले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका साथै समग्र जिल्लाको विकासका लागि काम गर्ने प्रतिबद्धता मतदातासामु दोहो¥याएका छन्। ‘निर्वाचन अघि जुन एजेन्डाहरु लिएर भोट मागेका थियौं, अहिले जितिसकेपछि पनि मतदाताहरु माझ पुगेर तिनै वाचा पूरा गर्ने प्रतिबद्धता दोहो¥याएका छौं’ प्रतिनिधिसभा सदस्यमा विजयी महेन्द्रबहादुर शाहीले भने।
अब नयाँ सरकार बन्ने र त्यसपछि विकास हुने आश्वासन विजयी उम्मेदवारहरुले बाँडिरहेका छन्। विगतमा निर्वाचनको बेला मत माग्न मात्र जाने तर विजयी भइसकेपछि फर्केर नहेर्ने संस्कारको अन्त्य गर्न आफूहरु परिणाम आइसकेपछि पनि मतदाताको घरदैलोमा पुगेर धन्यवाद दिइरहेको उनि बताउँछन्।
उनले निर्वाचनमा हार जित हुनु स्वाभाविक प्रक्रिया भएको बताइन्। ‘आफू पराजित भए पनि कहीं कतै विचलित भएको छैन्, जनताको सुख–दुःखमा सधैँ साथ दिइरहनेछु।’ उनले भने।
निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन अहिले मतदाताहरुको घरदैलोमा पुगिरहेकी छिन्। उनले समीक्षामा पराजित हुनुका कारणहरु केलाउँदै आगामी दिनमा पार्टी सशक्त बन्ने र त्यसका लागि नेता–कार्यकर्तालाई अहिल्यैदेखि खटिन समेत अपिल गरेका छन्। जिल्लाको तिलागुफा र खाँडाचक्रनगरपालिकामा चुनावी समिक्षा कार्यक्रम सकिएको छ।
प्रकाशित: १५ मंसिर २०७९ ०९:४७ बिहीबार