३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लीमा आगलागी पीडितलाई गाउँपालिकाको राहत

जिल्लाको पहाडी भेगको ताप्ली गाउँपालिका ५ रुपाटार विजुवामा शनिबार भएको आगलागीमा एक स्थानीयको घर र मतानसहित सम्पूर्ण धनमाल नष्ट भएको छ। 

विहान ११ः०० बजे अचानक आगलागी हुँदा स्थानीय नेत्रबहादुर सार्कीको एउटा घर र मता जल्दा त्यसभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, महत्वपूर्ण कागजात र १ तोला सुनसमेत जलेर नष्ट भएको छ। घर र मतान दुवै जलेपछि खुल्ला आकाशमुनि बस्न बाध्य भएको पीडित परिवारलाई गाउँपालिकाले आईतबार विहान प्रारम्भिक राहत प्रदान गरेको छ।

गाउँपालिका अध्यक्ष ढुंगराज वि.क स्वयं पीडितको घरमा पुगेर आवश्यक भाँडाकुडा, एकसरो लत्ताकपडा, त्रिपाल र म्याट तथा केहीदिन खान पुग्न खाद्यान्न सामग्री वितरण गरेका छन्। वडाध्यक्ष विष्णु श्रेष्ठसहित पुगेका अध्यक्ष विकले पीडित परिवारलाई अँध्यारोमा बाल्न सोलार टुकी बत्तीको सेट पनि वितरण गरेका छन्। राहत सहयोग गर्दै अध्यक्ष विकले यो प्रारम्भिक सहयोग मात्र भएको र आगामी दिनमा थप राहत र बसोबासका लागि घर बनाउन पनि सक्दो सहयोग व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्। 

प्रहरी चौकी रुपाटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार आगलागीबाट सार्कीको १५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुसनधानले देखाएको छ। आगलागीको कारण बालबालिका खेल्ने क्रममा भएको भनिए पनि विस्तृत खुल्न नसकेको प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताएका छन्।

प्रकाशित: ११ मंसिर २०७९ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App