७ वैशाख २०८१ शुक्रबार
समाज

शंकास्पद वस्तु बम नभएको पुष्टि

विराटनगर महानगरपालिका–३ स्थित पुष्प मार्गमा शनिबार बिहान भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ। उक्त वस्तु बम नभएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका हुन्।

बिहान ‘मर्निङ वक’का लागि हिँडेकाले शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियाे। रातो झोलाभित्र प्लाष्टिकले कालो बट्टालाई बत्तीमा प्रयोग गर्ने तारले बाँधेर केही भाग बाहिर निकालेर सडक छेउमा राखिएको थियो।

आइतबार हुन लागेको निर्वाचनमा मतदातालाई त्रसित बनाउन ‘नक्कली बम’ राखेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए। उनले शंकास्पद वस्तु रहेको जानकारी आएसँगै त्यस ठाउँलाई सुरक्षाकर्मी परिचालन गरिएको थियो। उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले पौने ९ बजेतिर डिस्पोज गरेको र डिस्पोज गर्दा उक्त वस्तु बम नरहेको पुष्टि भएको डिएसपी श्रेष्ठले बताए।  

सर्वसाधारणलाई त्रसित बनाउने उद्देश्यले राखिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। उक्त वस्तु डिस्पोज गर्दा झोलाभित्र रहेको कालो बट्टामा पहेँलो कागजमा ‘खतरा’ लेखिएको र बट्टाभित्र कालो मबिल फेला परेको थियो। उक्त वस्तु कसले राखेको भन्ने यकिन भइसकेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७९ ०५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App