१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

विराटनगरमा बमजस्तो शंकास्पद वस्तु फेला

विराटनगरमा बमजस्तो फेला पारेकाे शंकास्पद वस्तु।

विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा शनिबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ।  

सडकको छेउमा बिहान ६ः२५ बजेतिर शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको छ।  

शंकास्पद वस्तु भेटिएको स्थान वरपर सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा रोक लगाउँदै प्रहरीले घटनास्थलाई सुरक्षित राखेको श्रेष्ठले बताए। उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै छ।  

सेनाको टोली घटनास्थल आइपुगेपछि उक्त वस्तु बम हो कि हैन भनेर यकिन हुने प्रहरीले जनाएको छ। आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि त्यस्ता वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: ३ मंसिर २०७९ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App