११ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

बाढी कारण महिला उद्यमशीलता सम्मेलन स्थगित

देशका विभिन्न स्थानमा आएको बाढी तथा प्रतिकूल मौसमजन्य परिस्थितिका कारण नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गर्न लागेको ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ स्थगित गरेको छ।

प्रतिष्ठानले भदौ ११ गते आयोजना गर्ने तयारी गरेको सम्मेलन विपद्को अवस्थालाई ध्यानमा राख्दै स्थगित गरिएको जनाएको हो।

प्रतिष्ठानले सम्मेलनमा सहभागी हुने महिला उद्यमी, वक्ता, अतिथि, प्रतिनिधि, सहयोगी संस्था तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। 

प्रकाशित: ११ भाद्र २०८३ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App