जनमत पार्टीका अध्यक्ष सीके राउतले रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना दिँदै राजनीतिक मुद्दाका विषय सम्झाएका छन् ।
आफूले देश बदल्ने सोचका साथ राजनीतिमा आए पनि जनताले सबैलाई काम गर्ने विश्वास नगर्ने भएकाले तर रास्वपालाई विश्वास गरेकाले त्यो विस्वास नगुमाउनुहोस् भन्ने सम्झाउन आफू चितवन आइपुगेको बताए ।
उनले ६ घण्टा लगाएर चितवन पुगेको बताउँदै जेनजी आन्दोलनका शहीद, घाइतेका आँखाको दृश्यलाई पूरा गर्न पनि खबरदारी गरेका छन् ।
आफू संघीय संसदीय राजनीतिबाट सन्यास लिएको मान्छेलाई आमन्त्रण गरेको भन्दै खुसी पनि व्यक्त गरेका छन् ।
प्रकाशित: ७ असार २०८३ १६:१५ आइतबार





