२ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

दसैँ, तिहार र छठको शुभकामना दिँदै हर्क साम्पाङको आग्रह : ऋण काढेर चाड नमनाऔं

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बडादसैँलगायतका चाडपर्व ऋण लिएर र देखावटी रूपमा नमनाउन आग्रह गरेका छन्।

दसैँ, तिहार र छठको शुभकामना दिँदै उनले यस्तो आग्रह लगरेका हुन्। उनले आफ्नो आर्थिक अवस्थाअनुसार चाडपर्व मनाउन नेपालीहरूलाई सुझाव दिए।

‘ऋण काढेर चाड मनाउनु हुँदैन! साग सिस्नु जे छ त्यही खाएर चाड मनाउनु होला! देखावा गर्नु हुँदैन!’ साम्पाङले भनेका छन्।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई दसैँ, तिहार र छठ पर्वको हार्दिक शुभकामनासमेत दिएका छन्।

प्रकाशित: १ कार्तिक २०८३ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App