६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

'सामान्य विवाद पनि अराजकतामा परिणत हुने अवस्था किन बनिरहेको छ?'

नेकपा एमालेका सचिव महेश बस्नेतले त्रिपुरेश्वरमा चालक अर्जुन दोङले गरेको आत्मदाहको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत दोङको आत्मदाह र मृत्यु केवल एउटा घटना नभइ जनतामा बढ्दो निराशा, आवेग र सामाजिक असन्तुलनको संकेत भएको बताएका छन्।

उनले सामान्य विवादसमेत आत्मघाती कदम वा अराजकतामा परिणत हुने अवस्था किन सिर्जना भइरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।

'त्रिपुरेश्वरमा भएको चालक अर्जुन दोङको दुःखद आत्मदाह  घटनाले सरकार र समाज दुवैलाई गम्भीर प्रश्न गरेको छ।उनको दुखद आत्मदाह र मृत्यु केवल एउटा घटना होइन, जनतामा बढ्दो निराशा, आवेग र सामाजिक असन्तुलनको संकेत हुन्,' उनले लेखेका छन्, 'सामान्य विवादसमेत आत्मघाती कदम वा अराजकतामा परिणत हुने अवस्था किन बनिरहेको छ?'

बस्नेतले नयाँ पुस्ताको ऊर्जा अराजकता र अपराधतर्फ नभई सिर्जना तथा राष्ट्रनिर्माणतर्फ जाने वातावरण बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

उनले घटनाको निष्पक्ष छानबिन गरी सत्य बाहिर ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन ठोस कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।

'नयाँ पुस्ताको ऊर्जा अराजकता र अपराधतर्फ होइन, सिर्जना र राष्ट्रनिर्माणतर्फ जाने वातावरण बनाउन सरकार गम्भीर बनोस्,' उनले भने, 'घटनाको निष्पक्ष छानबिन होस्, सत्य बाहिर आओस् र यस्ता घटना दोहोरिन नदिन ठोस कदम चालियोस्।'

प्रकाशित: ६ आश्विन २०८३ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App