नेकपा (एमाले)का नेता सूर्य थापाले पार्टीभित्र नेतृत्व र संगठनात्मक पुनर्गठनको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।
नेता थापाले पार्टी महाधिवेशनमा इतर प्यानलबाट लडेका एमाले नेता ईश्वर पोखरेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई पद छाड्नुस भन्न मिले पनि ओली प्यानलबाट लडेका नेताले पुनर्गठनको विषय उठाउन नैतिक रूपमा नमिल्ने बताएका छन्।
नेता थापाले आज सामाजिक सञ्जालमा लेखेका छन्, "ईश्वर पोखरेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत १२ भाइले छाड्नुस् भन्न मिल्छ। अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन !"
नेता थापाले पोखरेलसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरू महाधिवेशनमा केपी ओली नेतृत्वको प्यानलबाट निर्वाचित भएकाले अहिले आएर पार्टी पुनर्गठनको माग गर्नु उपयुक्त नहुने संकेत गरेका हुन्। नेता थापाको भनाइमा, नेतृत्व परिवर्तनको बहस उठाउन सकिए पनि संगठनात्मक पुनर्गठनको माग गर्न उनीहरू नैतिक रूपमा बलियो अवस्थामा छैनन्।
प्रकाशित: ४ आश्विन २०८३ १६:२२ आइतबार

