राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कबिन्द्र बुर्लाकोटीले व्यक्तिगत पद र जिम्मेवारीभन्दा माथि उठेर बृहत् राजनीतिक शक्ति निर्माणको आफुहरु रहेको बताएका छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र जिम्मेवारी प्राप्त गर्नुभन्दा पनि संगठन निर्माण र पार्टीको उद्देश्यप्रति प्रतिबद्धता महत्वपूर्ण हुने बताए।
‘यो पार्टी एउटा बृहत् पार्टी निर्माणमा लागेको छ। जिम्मेवारी पाए राम्रो, नपाए पार्टीले अर्को जिम्मेवारी दिन्छ। तर आफ्नो लागि मात्रै पद खोज्ने र पार्टी आफ्नो भए हुन्छ, नभए पार्टी नै हुँदैन भन्ने सोच भएकालाई पार्टीले जिम्मेवारी दिँदैन,’ बुर्लाकोटीले भने।
उनले महाधिवेशनबाट कसैले जिम्मेवारी नपाए पनि पार्टीले दिएको जुनसुकै भूमिकामा रहने व्यक्तिलाई स्थान दिने बताएका छन्।
प्रकाशित: ११ असार २०८३ १२:२९ बिहीबार





