२४ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशनको मतदान सकियो

दुई घण्टाभित्र मतगणना

फाइल तस्बिर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।

निर्वाचन समितिका अनुसार केहीबेरअघि मतदान सकिएको हो। साँझ ७ बजेसम्म पनि पाँच सय प्रतिनिधिले मतदान गर्न बाँकी रहेकाले समय थप गरिएको थियो। मतदान सकिएको दुई घण्टाभित्र मतगणना सुरु गर्ने तयारी छ।

यसअघि बिहान ८ः३० बजेदेखि सुरु भएको मतदानका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो। पछि मतदानको समय बढाएर बेलुका ७ बजेसम्म पुर्‍याइएको थियो।

प्रकाशित: २३ आश्विन २०८३ २०:५६ शुक्रबार