३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

विजया दशमीले सद्भाव र एकताको सन्देश दिन्छ : प्रदेश प्रमुख कर्ण

मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले विजया दशमीले सत्य, न्याय र सदाचारको पक्षमा उभिन तथा सामाजिक सद्भाव र एकता कायम राख्न प्रेरित गर्ने बताएका छन्।

बडादसैँका अवसरमा आज जारी गरिएको शुभकामना सन्देशमा उनले विविधतायुक्त मधेश प्रदेशमा पारस्परिक सम्मान, सहिष्णुता र सहअस्तित्वलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

विजया दशमीले समाजमा व्याप्त विभेद र अन्यायविरुद्ध उभिन तथा समतामूलक र समृद्ध समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिने विश्वास प्रदेश प्रमुख कर्णले सन्देशमा व्यक्त गरेका छन्।

प्रकाशित: ३१ आश्विन २०८३ १४:३३ शनिबार