प्रतिनिधिसभा निर्वाचनमा कास्की जिल्लाको क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा उत्तम पौडेलले अग्रता लिएका छन्। हालसम्म करिब ४ हजार ५ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलले २ हजार ६ सय ३४ मत प्राप्त गरेका छन्।
उनीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार रश्मी आचार्यले १ हजार २ सय १४ मतसहित पछ्याइरहेकी छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार माधव बास्तोलाले ७ सय १७ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हेमबहादुर थापाले ९३ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०७:४० शुक्रबार





