१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले शिष्टाचार भेट गरेकी छन्।

भेटमा उनीहरुबीच नेपाल र अमेरिका बीचको सात दशकभन्दा लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत  विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि विचारविमर्श गरेका थिए ।

प्रकाशित: १८ जेष्ठ २०८३ १९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App