१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

एमालेले बुझायो समानुपातिकतर्फ १६ सम्भावित सांसदको सूची (नामसहित)

नेकपा (एमाले)ले प्रतिनिधि सभाको समानुपातिकतर्फ प्राप्त सिटअनुसार १६ जना सम्भावित सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टीले उक्त सूची आयोगमा पेश गरेको हो।

पार्टीका केन्द्रीय निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार विभिन्न समावेशी क्लस्टर मिलाएर सांसदका लागि नाम सिफारिस गरिएको छ। सूचीमा महिला, पुरुष तथा विभिन्न समुदायका प्रतिनिधिहरूलाई समेटिएको उनले बताए।

एमालेले आदिवासी जनजाति क्लस्टरबाट भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा र कुलभक्त शाक्यलाई सिफारिस गरेको छ। महिलातर्फ पद्‍मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बरालको नाम प्रस्ताव गरिएको छ।

त्यस्तै पुरुषतर्फ गुरुप्रसाद बराल र पुष्पराज कँडेलको नाम समावेश गरिएको छ भने थारू समुदायबाट कृपाराम रानालाई सिफारिस गरिएको छ। दलित महिलातर्फ विष्णुमाया विक र नीता घतानी तथा मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादवलाई सूचीमा राखिएको छ।

मधेसी पुरुषतर्फ चन्द्रेश्वर मण्डल र मुस्लिम समुदायबाट साजिदा सिद्धिकीको नाम पनि समानुपातिक सांसदका रूपमा प्रस्ताव गरिएको छ। 

पार्टीले तयार पारेको सूची निर्वाचन आयोगले जाँचबुझ गरी आवश्यक प्रक्रिया पूरा गरेपछि सार्वजनिक गर्नेछ।

प्रकाशित: १ चैत्र २०८२ १६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App