२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

एमालेको अपानि २ अनिवार्य अध्ययन गर्न उपमहासचिव भट्टराईको अनुरोध

नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले जेठ १५ गते गणतन्त्र दिवसका दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा पार्टीको अन्तरपार्टी निर्देशन-२ (अपानि २) जारी भएको बताएका छन्।

उनले अपानिमा उल्लेखित विषयहरू आफैँमा महत्वपूर्ण रहेको र त्यसमा पनि गणतन्त्र दिवसका दिन जारी भएकाले यसले ऐतिहासिकता कायम गर्ने बताए।

सम्पूर्ण पार्टी सदस्यहरूलाई अपानि २ अनिवार्य अध्ययन गर्न अनुरोध गर्दै उनले अपानिमा एकता, एकता र अझ उन्नतस्तरको एकता प्रदर्शनमा जोड दिइएको जानकारी दिए। यस्तै, अझ उन्नतस्तरको एकता प्रदर्शन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको बताउँदै उनले भने, 'उक्त कार्यविभाजनबाट पार्टीमा व्यापक एकता निर्माण हुने अपेक्षा अपानिमा गरिएको छ।'

साथै उनले सबैलाई छर्लङ्ग हुन र ढुक्क रहन आग्रह समेत गरे।

प्रकाशित: १६ जेष्ठ २०८३ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App