विघटित प्रतिनिधिसभा पुनर्स्थापना र जेनजी आन्दोलनका क्रममा भएको विध्वंसमा संलग्न हुनेलाई कारबाहीको माग गर्दै नेकपा एमाले ताप्लेजुङलेमा शनिबार शक्ति प्रदर्शन गरेको छ।
एमाले पोलिटब्युरो सदस्य तथा ताप्लेजुङका अध्यक्ष तिलकुमार मेन्याङवोको अगुवाइमा पार्टी कार्यालय पराजुली चौकबाट निस्किएको र्याली नगर परिक्रममा गर्दै वीरेन्द्र चोकमा आएर कोण सभामा परिणत हुने कार्यक्रम रहेको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले जानकारी दिए।

कोणसभालाई पार्टीका विभिन्न तहका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले ताप्लेजुङले जनाएको छ। एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष पोमूका अनुसार ताप्लेजुङका ९ वटै पालिका कमिटीको समन्वयमा अगुवा कार्यकर्ताहरू प्रदर्शनका लागि सदरमुकाम फुङलिङ केन्द्रित भएका छन्।




प्रकाशित: २९ कार्तिक २०८२ १३:२३ शनिबार





