१७ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

सेनाजस्तै देखिने ‘ग्रीन आर्मी’ को गतिविधिमाथि एमाले महासचिव पोखरेलको प्रश्न

नेकपा एमालेका महासचिव शंकर पोखरेलले 'ग्रीन आर्मी नेपाल' नामक संस्थाको वैधता र पृष्ठभूमिमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले विद्यालयहरूमा शाखा र ५२ जिल्लामा सञ्जाल रहेको दाबी गरिएको यो संस्थाको संचालन स्रोत के हो भनेर उनले चासो व्यक्त गरेका हुन्। महासचिव पोखरेलले यो संगठनलाई नेपाली सेनाले तालिम दिएको दाबीसहित तस्बिरहरू सार्वजनिक भएको उल्लेख गर्दै भनेका छन्, ‘नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल गठन गर्ने कुरा त सबैलाई थाहा थियो, तर सेवा दलको सट्टा 'ग्रीन आर्मी' बनाउन थालिएको हो? यदि होइन भने, सेनाजस्तै देखिने यस प्रकृतिको संगठन खोल्न र संगठित हुन दिनु कत्तिको उचित हो? सरकारले यस विषयमा स्पष्ट पार्नुपर्छ।’

यो संगठन विपद् उद्धारका लागि भनिए पनि मुलुक महाविपद् र उच्च जोखिममा पर्दा यो कहाँ लुकेर बसेको थियो भन्ने प्रश्नसमेत उनले गरेका छन्। जोखिम घटेको बेला एक सातापछि अचानक चटक देखाउने शैलीमा यो मैदानमा उत्रिएको भन्दै उनले यस्ता गतिविधिले समाजमा राहतभन्दा बढी सन्देह र त्रास मात्र फैलाउने बताएका छन्। साथै, यस विषयमा सम्बन्धित निकायको ध्यान तुरुन्तै जानुपर्नेमा उनले जोड दिएका छन्।

यस्तो छ उनको फेसबुक स्टाटस
'ग्रीन आर्मी नेपाल' नामक संस्थाको वैधता र पृष्ठभूमि के हो?
विद्यालय-विद्यालयमा शाखा र ५२ जिल्लामा सञ्जाल दाबी गरिएको यो कस्तो संगठन हो? यसको संचालनका लागि आम्दानीको श्रोत के हो ? यसलाई नेपाली सेनाले तालिम दिएको दाबीसहित तस्बिरहरू सार्वजनिक भएका छन्। नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल (एनसीसी) गठन गर्ने त सबैलाई थाहा थियो, तर सेवा दलको सट्टा 'ग्रीन आर्मी' बनाउन थालिएको हो?
यदि होइन भने, सेना जस्तै देखिने यस प्रकृतिको संगठन खोल्न र संगठित हुन दिनु कत्तिको उचित हो? सरकारले यस विषयमा स्पष्ट पार्नुपर्छ।
यो संगठन विपद्को उद्धारका लागि भनिए पनि मुलुक महाविपद् र उच्च जोखिममा पर्दा यो कहाँ लुकेर बसेको थियो? जब जोखिम घटेको छ, तब एक सातापछि अचानक चटक देखाउने शैलीमा यो मैदानमा उत्रिएको छ। यस्ता गतिविधिले समाजमा राहतभन्दा बढी सन्देह र त्रास मात्र फैलाउँछन्। यसमा सम्बन्धित निकायको ध्यान तुरुन्तै जानुपर्छ!

प्रकाशित: १७ भाद्र २०८३ ११:०८ बुधबार