नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शनिबार साँझ डिस्चार्ज भएका छन्।
त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि उनी भक्तपुरको गुण्डुस्थित निवास फर्किएका हुन्।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनका घटनामा अनुसन्धान गर्न प्रहरीले ओलीलाई गत चैत १४ गते पक्राउ गरेको थियो।
पक्राउ परेकै दिन स्वास्थ्य जाँचका लागि शिक्षण अस्पताल लगिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि त्यहीँ भर्ना भएका थिए।
अध्यक्ष ओलीलाई प्रहरीले अस्पतालमै हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। पक्राउविरुद्ध उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
सोही रिटमाथि सर्वोच्चको परमादेशपछि ओली चैत २६ गते हिरासतमुक्त भएका थिए।
उनको चैत ३० गते पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया भएको थियो। शल्यक्रियापछिको ६ दिनको उपचारपछि चिकित्सकले उनलाई डिस्चार्ज दिएका हुन्।
प्रकाशित: ५ वैशाख २०८३ १९:५४ शनिबार





